काठमाडौं : यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरको आरोहण सफल गरेको हो ।
यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भर्याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।
हिउँमाथि डोरी टाँग्ने र भर्याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिनुभएको छ ।
यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् ।