• काठमाडौं : प्रमुख प्रतिपक्षमा रहेको दल कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

    प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानमा उभिएका संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका छन् ।