• काठमाडौं : विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको हुने फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद र जरिवाना हुने सजाय गरेको हो ।

    विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।

    उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।