

-
सुर्खेत : दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । दैलेख प्रहरीका अनुसार शनिवार अपराह्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भयो । घर नजिकैको धाम कपासे सामुदायिक वनमा लागेको आगो हावा हुरीका कारण एक्कासि घरमा पुगेको थियो।
दुई तले ६ वटा कोठा भएको, ढुङ्गा, माटो र पत्थरले छाएको उक्त घर जलेर पूर्ण नष्ट भएको छ । यद्यपि आगो लागेको समयमा घरमा कोही नभएकाले मानवीय क्षति भएन । आगलागीबाट घरमा भएको सम्पूर्ण अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट उक्त घरमा करिब ६ लाख बराबरको क्षति भएको छ । यस्तै सोही ठाउँका तुलबहादुर सिजापतीको १ तलाको चार कोठे गोठमा पनि आगो लागेको थियो । ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको उक्त कोठामा आगलागीबाट दुई लाखको क्षति भएको छ ।
उक्त स्थानमा लागेको आगो नियन्त्रणका लागि प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।
यस्तै पाँच बजेतिर नारायण नगरपालिका–३, कालिमाटी स्थित जङ्गलमा लागेको आगो हावा हुरीका कारण एक्कासि स्थानीय मन्जु बुढा क्षेत्रीको एक तले कच्ची गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षति पुगेको दैलेख प्रहरीले जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


