• रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपानेको दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।

    आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको ज्यान गएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिए । उनका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो ।

    वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् । अहिलेसम्म आगो निभाउन नसकेको वडाध्यक्ष केसीले बताए ।