-
काठमाडौं : कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।
मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।
यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएन ।
त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतारबाट एउटा सरकारी टोली आएको छ । त्यसले एजेन्डा लगायतका विषयमा छलफल गरिसकेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यो टोली नेपालमै छ । भेटघाटको तालिका बारे छलफल गरिरहेको छ । भोली–पर्सीतिर उनीहरू पनि फर्किने बताइएको छ ।
अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।
अप्रिल २३ देखि हुने भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने बताइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।
नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ ९क्यूएफएफडी०मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन ।
यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ । सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।
श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार केही श्रम सम्झौता पनि हुन लागेको हो भने त्यसको मस्यौदामाथि दुई पक्ष बिच छलफल चलिरहेको छ । तर के सम्झौता हुँदैछ भन्नेबारे चाहिँ मन्त्रालयले बताउन चाहेन ।
News Desk 0 response सोमवार, बैशाख ३, २०८१
सम्बन्धित शीर्षकहरु
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द, भङ्गहा–जनकपुर–जयनगर रेल पनि नचल्ने
शनिबार, जेष्ठ ५, २०८१रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुने
शनिबार, जेष्ठ ५, २०८१गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा उच्च सुधार हुने राष्ट्र सङ्घको अनुमान
शुक्रबार, जेष्ठ ४, २०८१-
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१ -
रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुने
शनिबार, जेष्ठ ५, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
ब्राजिलले सन् २०२७ को फिफा महिला विश्वकप..
शुक्रबार, जेष्ठ ४, २०८१ -
अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा उच्च..
शुक्रबार, जेष्ठ ४, २०८१
-
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१ -
रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुने
शनिबार, जेष्ठ ५, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा उच्च..
शुक्रबार, जेष्ठ ४, २०८१ -
प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने
शुक्रबार, जेष्ठ ४, २०८१
-
यात्रुको गुनासो सम्वोधन गर्न गृहमन्त्री त्रिभुवन बिमानस्थल..
बिहिबार, जेष्ठ ३, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ..
मङ्लबार, जेष्ठ १, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१