

-
अफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले हिजो विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको ज्यान गएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।
बाढीका कारण छ सय घर क्षतिग्रस्त भएका छन् । यस्तै झण्डै छ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको छ ।
अफगानिस्तानमा पछिल्ला वर्षहरुमा मौसमजन्य घटनाहरु बढिरहेका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिएका कारण अफगानिस्तान, पाकिस्तान लगायतका देशमा मौसमजन्य घटनामा तीव्र बृद्धि भैरहेको छ । चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान विपद्का घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार देशहरुमध्येको एक हो ।
News Desk 0 response सोमवार, बैशाख ३, २०८१


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१