

-
इरानले इजरायल माथि आक्रमण शुरु गरेको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बीबीसीको खबरमा उल्लेख छ । त्यसअघि इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको सीबीएस न्यूजले जनाएको छ ।
यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको बीबीसीले जनाएको छ ।
इजरायल–हमास युद्धको बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभएपनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएका बीबीसीले जनाएको छ ।
इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न चेतावनी दिँदै इरानले इजरायलमा आक्रमण गरेमा आफुहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिएका थिए । अमेरिकाले आफ्नो युद्धपोतलाई मध्यपूर्वमा सक्रिय बनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख २, २०८१


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१