

-
गाेरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमूल्य धातु क्वार्ज क्रिस्टल गाेरखा दरबारमा प्रतिस्थापन गरेका हुन् । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रममा उनले क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिस्टलकाे प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । क्वार्ज क्रिस्टलले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँटा थपिएकाे उनकाे भनाइ छ ।
प्रधानमन्त्रीले क्वार्ज क्रिस्टलकाे सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिए । तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा शिला पूजासमेत गरिएको थियो ।
गएकाे असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा अर्थात् क्वार्ज क्रिस्टल प्रहरीले बरामद गरेको छ । बरामद भएकाे क्वार्ज क्रिस्टल कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदै आएकाेमा मन्त्रिपरिषद्काे बैठकले गाेरखा दरबार परिसरमा राख्ने निर्णय गरेकाे थियाे ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०८०


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१