-
काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ ।
यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे ।
हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज दिउँसो फेरि झडप भएको हो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको र घाइते मेहताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताए । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यसबारेमा सुनसरी प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०८०
सम्बन्धित शीर्षकहरु
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ जना घाइते
आइतवार, जेष्ठ ६, २०८१राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २..
आइतवार, जेष्ठ ६, २०८१ -
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २..
आइतवार, जेष्ठ ६, २०८१ -
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१
-
यात्रुको गुनासो सम्वोधन गर्न गृहमन्त्री त्रिभुवन बिमानस्थल..
बिहिबार, जेष्ठ ३, २०८१ -
मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ..
मङ्लबार, जेष्ठ १, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१