-
काठमाडौं : वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले कर्णाली प्रदेशका प्रदेश सभा सदस्य शाही, नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी जहाज खरिदमा भएको अनियमितताका सम्बन्धमा २४ जना नेपाली र आठ जना विदेशी रहेका बताए ।
News Desk 0 response बिहिबार, चैत्र २२, २०८०
सम्बन्धित शीर्षकहरु
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत
आइतवार, जेष्ठ ६, २०८१नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको लागि तयार
आइतवार, जेष्ठ ६, २०८१-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१ -
नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको..
आइतवार, जेष्ठ ६, २०८१ -
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१ -
नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको..
आइतवार, जेष्ठ ६, २०८१ -
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१
-
यात्रुको गुनासो सम्वोधन गर्न गृहमन्त्री त्रिभुवन बिमानस्थल..
बिहिबार, जेष्ठ ३, २०८१ -
मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ..
मङ्लबार, जेष्ठ १, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१