

-
दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।
इरानको आईआरएनए समाचार एजेन्सीले झडपमा इरानी सुरक्षा बलका अन्य १० जना सदस्य घाइते भएका बताएको खबरमा उल्लेख छ ।
बन्धुकधारीले इरानको राजधानी तेहरानदेखि झन्डै एक हजार चार सय किलोमिटर पर दक्षिण–पूर्वमा रहेको रस्क शहरमा एक रिभोल्युशनरी गार्ड पोस्ट र चाहबहार शहरमा एक तटरक्षक स्टेशनमा गोलीबारी गरेपछि दुई समूहबीच झडप भएको थियो ।
अतिवादी सुन्नी मुस्लिम लडाकु समूह ‘जैश अल–अदल’ ले शिया मुस्लिमको बाहुल्य रहेको इरानमा अल्पसङ्ख्यक ‘बलुचिस’ को अधिकार र राम्रो जीवन स्थितिको माग गरेको बताउँदै आएको छ । यो समूहले दक्षिणपूर्वी प्रान्तमा इरानी सुरक्षा बलमाथि पछिल्ला वर्षयता भइरहेका आक्रमणको जिम्मा लिएको छ । यो समूहले गएको डिसेम्बरको रस्क शहरको एक प्रहरी चौकीमा आक्रमण गर्दा ११ जना सुरक्षाकर्मीको ज्यान जानुका साथै केही घाइते भएका थिए ।
News Desk 0 response बिहिबार, चैत्र २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


