

-
२२ चैत, धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।
विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।
धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।
नागरिक उन्मुक्ति पार्टीको विवादले गर्दा विश्वासको मत पाउने सम्भावना नरहेका भन्दै मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।
‘उहाँ(मुख्यमन्त्री) ज्यूले अहिलेसम्म गरेका सबै प्रयास अन्तिममा आएर विफल हुने देखियो । यस्तो अवस्थामा विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ एक प्रदेश सभा सदस्यले भने ।
मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गर्दै राजीना दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नसक्ने सांसदहरू बताउँछन् । तर, एकथरीले भने यसअघि एमालेका राजेन्द्र रावल उक्त धाराअनुसार मुख्यमन्त्री नियुक्त भइसकेको कारण उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने तर्क गरिरहेका छन् ।
अहिलेकै परस्थितिमा उपधारा (५) मा जादा प्रदेश सभा विघटनतर्फ जाने जोखिम भएकाले उपधारा(२) अनुसार नै सरकार गठन गर्नुपर्नेमा सबै राजनीतिक दल एकमत जस्तै देखिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


