

-
ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ । भूकम्पमा परि आठ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एक सय जनाभन्दा धेरैको खोजी भइरहेको छ ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा बिहान सात दशमलव म्याग्निट्यूडको भूकम्प गएको हो । भूकम्पका कारण ताइवान र छिमेकी देशमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएकोमा पनि पछि चेतावनी फिर्ता गरिएको छ । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना निकालेर सुनामीको खतरा टरेको जानकारी गराएको हो ।
भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ । ह्वालिएन शहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धार कार्य चलिरहेको छ । ताइवानका धेरै ठाउँमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको छ । ताइवानका अधिकारीले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।
सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा सात दशमलव छ म्याग्निट्युडको भूकम्प जाँदा दुई हजार चार सय जनाभन्दा धेरैको ज्यान गएको थियो । ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले बिहानको भूकम्प पछि पटक–पटक परकम्प गइरहेको बताएको छ ।
News Desk 0 response बुधबार, चैत्र २१, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


