

-
काठमाडौं : गएराति काठमाडौंसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ । केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिजो नेपालगञ्ज, दाङ र पोखरा आसपासमा विकास भएको न्यूनचापीय प्रणालीले हावाहुरी र चट्याङसहित वर्षा भएको हो । नेपालगञ्ज र दाङ आसपास विकास भएको प्रणाली केही कमजोर देखिएको तर पोखरा आसपासमा विकास भएको प्रणाली केही शक्तिशाली देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।
बेलुकीपख पोखरा आसपासबाट शुरु भएको हावाहुरी काठमाडौं हुँदै पूर्वसम्म पुगेको थियो । प्रिमनसुनको बेला हावाहुरी र चट्याङसहित वर्षा हुनु स्वभाविक भएको मौसमविदको भनाइ छ ।
आज पनि दिउँसो र बेलुकीपख केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद अर्यालले बताए । गएको १२ घण्टामा सबैभन्दा धेरै वर्षा गोरखाको बारपाकमा भएको छ । त्यहाँ ९१ मिलिमिटर पानी परेको छ ।
News Desk 0 response आइतवार, चैत्र १८, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


