

-
काठमाडौं : वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र १ को (क) क्षेत्रमा चुनाव हुँदैछ ।
सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङमा जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।
नेकपा एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शनिवार नाम टुंगो लगाउने बताएको छ ।
कांग्रेस र माओवादीले उम्मेदवार चयन गर्न बाँकी छ । कांग्रेसले इलाम–२ मा यसअघि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका डम्बर खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेको नेताहरुले बताएका छन् ।
इलाम–२ मा पत्रकार समेत रहेका मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मिलनलाई आफ्नो पार्टीको उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गरिरहेको छ ।
इलाम–२ मा प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका संयोजक डेकेन्द्र सिंह लिम्बुले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई जिताउन धरानका मेयर हर्क साम्पाङले पनि अभियान शुरु गरेका छन् । ३२ वर्षका मिलन र ३५ वर्षका सुहाङको उम्मेदवारी घोषणा र पहिचानवादीको सशक्त अभियानका कारण इलाम–२ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
News Desk 0 response बुधबार, चैत्र १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


