

-
काठमाडौं ।
नेपाली कांग्रेसले आफूसहितको सत्ता समीकरण भत्किने बित्तिकै रवि लामिछानेलाई नै प्रधानमन्त्री बन्न प्रस्तावसम्म लगेको थियो । यो दाबी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले संसदमै गरे । तर, शुक्रबार संसद्मा कांग्रेसले सहकारी ठगीमा मुछिएका भनिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मात्र मागेन, त्यही विषयलाई लिएर संसद् अवरोध नै ग¥यो ।
सत्तामा पुग्न ढोग्ने र प्रतिपक्षमा पुगेपछि गोद्ने प्रबृत्ति प्रजातन्त्रको दुवाई दिने काँग्रेसले किन गरेको होला भन्ने प्रश्न अहिले खुव उठेको छ ।
संसद्मा कुनै पनि दलको बहुमत नहुँदा मिलिजुली सरकार गठन गर्नुपर्ने बाध्यता छ । सत्तामा पुग्न कहिले नयाँ गठबन्धन बनाउने त कहिले फेर्ने होडबाजी चलिरहेको छ । यही खेलमा लाग्दा यसअघि प्रतिपक्षमा रहेको नेकपा एमाले अहिले सत्तामा पुगेको छ भने सत्तामा रहेको नेपाली कांग्रेस प्रतिपक्षीको बेन्चमा । भर्खरै बनेको नयाँ गठवन्धन असफल पार्न रबि लामिछानेलाई प्रधानमन्त्रकै अफर गरेको काँग्रेसले अहिले त्यो कुरा बिर्सेर गहृमन्त्रीकै राजीनामा मागिरहेको दृष्य घीनलाग्दो हुने बिश्लेषण हुन थालेको छ ।आफू सत्तामा हुँदा चुइक्क नबोल्ने र प्रतिपक्षमा पुग्नेबित्तिकै सरकारविरुद्ध आक्रोश पोख्ने दोग्ला चरित्र काँग्रेसले प्रदर्शन गरेको छ । यसले काँगे्रसमा नैतिकताको प्रश्न उठेको छ ।
विवादित मन्त्रीको राजीनामा, सहकारी पीडितलाई न्याय, दुग्ध किसानको भुक्तानी, रुसी सेनामा रहेका नेपालीको फिर्ती र हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको पहलको विषयमा नेपाली काँग्रेस अहिलेमात्र ब्युझिएको छ ।
सरकारमा हुँदा यिनै विषयमा चुइक्क नबोल्ने कांग्रेसले अहिले भने तिनै विषयमा सदन तताउन थालेको छ । जस्तै विवादित मन्त्रीकै विषयमा उतिबेला मौन रहने गरेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछि भने तिनै विषयमा प्रधानमन्त्रीको जवाफ चाहिएको छ ।
News Desk 0 response शनिबार, चैत्र ३, २०८०
टेरामक्स खरिद प्रकरणमा अख्तियारले अनुसन्धान गरेका मोहन बस्नेतदेखि बालकुमारी घटनामा दोषी देखिएका प्रकाश ज्वालासम्मबारेमा कांग्रेस चुप थियो । सत्तामा हुँदा उनीहरुलाई पदमुक्त गराउन कांग्रेसले कुनै रुचि देखाएन । अहिले भने संसद अवरोध गर्न थालेको छ ।

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


