

-
काठमाडौं : नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् ।
आज बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाए । उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेका छन् । त्यसमा सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद् चलेको थियो । शून्य समय र विशेष समयमा सांसदले बोले ।
त्यस्तै कार्यव्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयक टेबुल भयो । त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाए । कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरे ।
त्यसको दुई घण्टापछि शुरु भएको दोस्रो बैठकमा पनि कांग्रेसले नाराबाजी गर्याे । दोस्रो बैठकमा विरोधबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव प्रस्तुत गर्न समय दिए । त्यस लगत्तै कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरे । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे । कांग्रेस सांसदले नाराबाजी नरोकपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगीत गरे ।
रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेकाले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ ।
News Desk 0 response शुक्रबार, चैत्र २, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


