

-
काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न निर्देशन दिएको छ । एन्फाले राखेपको स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको उल्लङ्घन गरेको भन्दै मन्त्रालयले कारबाही गर्न भनेको हो ।
खेलकुद ऐन अनुसार लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकोले कानून बमोजिम कारवाही गरी यसको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
विश्वकटप फुटबल छनोट अन्तर्गत बहराइनमा हुने खेल र मलेसियामा हुने तयारीको लागि १० जना अनावश्यक व्यक्तिहरु सहभागी हुन गएको समाचारपछि मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तै, दशरथ रङ्गशालामा अनावश्यक कार्यक्रम गर्न दिएकै कारण मैदानको अवस्था बिग्रिएको र बहराइनसँग घरेलु मैदानमै खेल्न पाउने खेल पनि उसकै मैदानमा खेल्नुपर्ने भएको छ । यसबारेमा पनि मन्त्रालय रुष्ट भएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


