

-
अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै बाइडेन र ट्रम्पबीच फेरि पनि प्रतिस्पर्धा हुने भएको बीबीसीले जनाएको छ ।
७० वर्षयता पहिलो पटक अमेरिकी चुनावमा अघिल्लो चुनावकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको हो । सन् २०२० मा भएको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए ।
८१ वर्षका राष्ट्रपति बाइडेनले धेरै उमेरका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताबारे प्रश्न झेलिरहेका भए पनि पार्टीले भने उनलाई नै पत्याएको छ । बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प रिपब्लिकन दलका आधार रहेका मतदातामाझ निकै लोकप्रिय देखिएका छन् ।
बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बयान गर्नुका साथै महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गरिरहेका छन् । ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाएका छन् । अमेरिकाको राष्ट्रपतीय चुनाव आउँदो नोभेम्बर ५ मा हुँदै छ ।
यसैबीच गूगलले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स (एआई) च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको छ । गूगलले आफ्नो नीतिलाई भारतमा लागू गरिसकेको जनाएको छ । भारतमा आउँदो एप्रिलमा आमचुनाव हुँदैछ ।
एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ कम्पनीले यस्तो कदम चालेको बताएको बीबीसीले जनाएको छ । यो वर्ष अमेरिका, बेलायत, दक्षिण अफ्रिका, भारत, रुसलगायत विश्वका विभिन्न देशमा चुनाव हुँदैछ ।
News Desk 0 response बुधबार, फाल्गुन ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


