• काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए।

    राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

    दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भए । कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार बनेका शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो ।