

-
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपचुनावमा भाग लिने निर्णय गरेको छ ।
आज सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ–१ को उपचुनावमा भने पार्टीले भाग नलिने निर्णय गरेको पार्टीका महामन्त्री डा। मुकुल ढकालले जानकारी दिए ।
त्यसैगरी बैठकले उपचुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा। स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरेको महामन्त्री ढकालले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्ता गठबन्धनमा आबद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २८, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


