

-
भारत र चार सदस्यीय युरोपेली स्वतन्त्र व्यापार सङ्घ (ईएफटीए) बीच लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतका व्यापारमन्त्री पियुष गोयलले सम्झौताअन्तर्गत नर्वे, स्विट्जरल्यान्ड, आइल्यान्ड र लिक्टन्स्टाइनसहित गैरयुरोपेली सङ्घ देशबाट बनेको ईएफटीएले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने बताउनुभएको एएफपीले जनाएको छ ।
१६ वर्ष लामो वार्तापछि यो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि झन्डै एक लाख रोजगारी सिर्जना हुने खबरमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि साझा प्रतिबद्धताको प्रतीक भएको’ बताउनुभएको सम्झौतापछि निकालिएको विज्ञप्तिमा उल्लेख छ ।
ईएफटीएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा ईएफटीए वस्तुको हिसाबले विश्वको १० औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।
पछिल्ला वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) सँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको खबरमा उल्लेख छ ।
News Desk 0 response आइतवार, फाल्गुन २७, २०८०

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



