

-
काठमाडौं : बङ्गलादेश सरकारले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली आयातलाई पनि विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।
बङ्गलादेशी सञ्चारमाध्यम ‘ढाका ट्रिब्युन’ का अनुसार राज्यमन्त्री हमिदले भारत र नेपालबाट नौ हजार मेगावाट बिजुली आयातका लागि बङ्गलादेश तयार रहेको बताएका छन् । आफ्नो देशलाई नवीकरणीय ऊर्जाको आवश्यकता निकै बढ्दै गएको अवस्थामा नेपाल र भारतलगायतका छिमेकीबाट स्वच्छ उर्जा आयात गर्नु पहिलो प्राथमिकता हुने पनि उनले बताएका खबरमा उल्लेख छ । उनले पछिल्लो समय नेपाल र भुटानबाट जलविद्युत् खरिदको प्रक्रियाले राम्रो प्रगति भइरहेको पनि जानकारी दिए ।
शुरुवाती चरणमा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने विषयमा आउँदो महिना सम्झौता हुने पनि राज्यमन्त्री हमिदको भनाइ छ । यस्तै भारतीय कम्पनी जीएमआरले नेपालमा बनाउने आयोजनाबाट पाँच सय मेगावाट बिजुली आयात गर्ने विषय पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यदि नेपालबाट बङ्गलादेशसम्मको डेडिकेटेड प्रसारण लाइन भएमा विद्युत् व्यापारले गति लिने र यसले भारतलाई पनि फाइदा पुग्ने बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले बताएका छन् । उनले नेपाल, भारत र बङ्गलादेशले ऊर्जाको क्षेत्रमा ठूलो सहकार्य गर्न सक्ने पनि बताउनुभएको खबरमा उल्लेख छ ।
बङ्गलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने विषयमा दुई हप्ताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बङ्गलादेश गएको थियो । तर महसुलको विषयमा कुरा नमिलेपछि टोली अर्को महिना फेरि छलफल गर्ने सहमतिसहित फर्किएको थियो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



