

-
काठमाडौं : नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ । यो खेल एक्सन स्पोर्ट्स एचडी र डिसहोम गोमा प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताए ।
यसैबीच नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेको प्रशिक्षणमा रहेको क्यानडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ । क्यानडाले आईसीसी टी–२० विश्व कप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ ।
प्रशिक्षक मोन्टी देसाई र प्रशिक्षक पुबुदु दशानायके दुवै जनालाई नेपालको सफल प्रशिक्षक मानिन्छ । त्यसैले क्यानडासँगको शृङ्खला दुई सफल प्रशिक्षकबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिस्पर्धी हो ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो ।
News Desk 0 response बिहिबार, माघ २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


