

-
काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । अघिल्लो वर्षको छ महिनाको तुलनामा यो वर्ष एक खर्ब ४८ अर्ब रुपैयाँ धेरै रेमिट्यान्स आएको छ ।
रेमिट्यान्स बढे पनि विदेश जान श्रम स्वीकृति लिनेहरूको सङ्ख्या भने घटेको देखिएको छ । पोहोरको छ महिना र अहिलेको छ महिना तुलना गर्दा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या ७४ हजार जनाले कमी भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका लागि दुई लाख सात हजार नौ सय ७० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३५ हजार चार ३५ जनाले पुनः श्रम स्वीकृति गरी तीन लाख ४३ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तर अघिल्लो वर्षको छ महिनामा चार लाख १८ हजार जनाले श्रम स्वीकृति लिएका थिए । यसरी विदेश जानेहरूको सङ्ख्या ७४ हजार जनाले घटे पनि रेमिट्यान्स भने बढेको हो ।
यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १३ अर्ब ६९ करोड पुगेको छ । यसले नेपाललाई साढे १४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अघिल्लो वर्षको छ महिनामा साढे ३५ अर्ब रुपैयाँले घाटामा रहोको चालु खाता अहिले एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । यसैगरी शोधानान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति जम्मा ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
News Desk 0 response मङ्लबार, माघ २३, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



