

-
१५ माघ, काठमाडौं । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर (आईपीओ) भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेपछि सर्वसाधारणलाई कम्पनीको मूल्य महँगो पर्ने भएको हो ।
रिलायन्समा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन सोमबार खोलिएको छ । बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम मूल्य ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।
नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको छ । बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । त्यस्तै सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । यसअनुसार कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।
कम्पनीले दोस्रो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खोल्नेछ । त्यसपछि तेस्रो चरणमा मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको यो नेपालमै दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ यहीं विधिबाट निष्कासन भइरहेको छ ।
रिलायन्स स्पिनिङले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । संस्थागतलाई सेयर बाँडफाँटपछि बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका र आम सर्वसाधारणका लागि जारी हुनेछ ।
इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ ।
News Desk 0 response सोमवार, माघ १५, २०८०

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



