

-
काठमाडौं : नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।
राष्ट्र बैंकको सुपरिभिजन विभागले वाणिज्य बैंकतर्फ प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक तथा फाइनान्सतर्फ रिलाइन्स फाइनाइन्सलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै सीईओलाई सचेत गराएको छ ।
यस्तै, प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेकोलगायतका विषयमा सचेत बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, हिमालयन बैंकले पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरि प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको र निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरकाले १० लाख रुपैयाँ नगद जरिबाना गराएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, गरिमा बैंकलाई सुशासनको विषयमा सचेत गराइएको तथा रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरु भएको लगायतका कमजोरी पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
News Desk 0 response शनिबार, माघ १३, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



