

-
२ माघ, पोखरा । पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित गरेको हो ।
गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबसँग २५-१० र २५-०९ ले पराजित हुन पुग्यो ।
लगातार २ सेट गुमाएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि पुनरागमन गर्न सकेन । अन्ततः २५-१६ सेटमा चित्त बुझाउँदै सोझो सेटमा पराजित हुन पुगेको हो ।
यो जितसँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले तीन अंक हात पारेको छ । लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
पुलिसले आफ्नो पहिलो खेल आइतबार अर्को विभागीय टिम एपीएफ क्लबसँग ३-१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समूहमा एपीएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।
जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत छन् ।
पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।
News Desk 0 response मङ्लबार, माघ २, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


