

-
काठमाण्डाै : विश्व बैंकले आउँदो आर्थिक वर्षमा धेरै देशको आर्थिक वृद्धि सुस्त भए पनि नेपालको वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरूको प्रतिवेदनअनुसार आउँदो आर्थिक वर्षमा नेपालमा पाँच प्रतिशतको आर्थिक वृद्धि रहने उल्लेख छ । विशेष गरेर नेपालको जलविद्युत् क्षेत्रमा भइरहेको लगानीका कारण आर्थिक गतिविधि र आर्थिक वृद्धिमा टेवा पुग्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणबाट हुने रोजगारी, त्यहाँ खपत हुने सामग्री र उत्पादनपछिको सहज बिजुली आपूर्तिले गर्दा अर्थतन्त्र चलायमान बनाउने देखिएको हो ।
चालु आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत विश्व बैंकको अनुमान छ । गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नाै प्रतिशतमा सीमित भएको थियो ।
यस्तै यो अङ्ग्रेजी वर्ष सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा दुई दशमलव छ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा दुई दशमलव चार प्रतिशत रहने देखिएको हो । यस्तै सन् २०२५ मा दुई दशमलव सात प्रतिशत वृद्धि हुने अनुमान छ ।
कोरोना महामारीपछि निरन्तर दबाबमा रहेको विश्वको अर्थतन्त्रमा अहिले पनि मन्दी देखिएको र यसले अति कम विकसित र विकासशील देशमा धेरै असर गर्ने पनि विश्व बैंकले चेतावनी दिएको छ ।
News Desk 0 response बुधबार, पुस २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



