• काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स एफसीलाई हराएको छ ।

    आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल गर्‍यो ।

    निकै प्रतिस्पर्धात्मक खेलमा काठमाडौंले शुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । वीरगञ्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गरे । उनले खेलको ४५, ५५ र ५७ औँ मिनेटमा गोल गरे । काठमाडौंका जुनिएर ओन्गुइनले १ गोल गरे ।

    यो जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जोडेको छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । ७ खेलमा ९ अङ्क रहेको काठमाडौंको पनि प्लेअफ सम्भावना कायमै छ ।