

-
५ पुस,काठमाडौं । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार (आठौं दिन) ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ । यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो ।
७ कारोबार दिनपछि घटेको बजारलाई सामान्य करेक्सनका रुपमा औंल्याइएको छ । बजारका जानकार मुक्ति अर्यालले बढेको ७/८ दिनपछि करेक्सन हुनु सामान्य रहेको र बीचबीचमा करेक्सन आउँदा बजार झन् बलियो बन्ने बताए ।
‘लगातार बढेपछि करेक्सन जरुरत थियो, यसले बजारलाई परिपक्व बनाउँदै लैजान्छ, अरु केही दिन करेक्सन भएमा त्यसलाई सामान्य मान्नुपर्छ’ उनले भने ।
बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ९५ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब २७ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । उत्पादन समूह २.३ प्रतिशत र व्यापार ०.५ प्रतिशत बढ्यो । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटे । बैंकिङ २३, विकास बैंक १३५, फाइनान्स ५८, होटल तथा पर्यटन १७८, जलविद्युत् ७, लगानी १, जीवन बीमा ३२९, माइक्रोफाइनान्स ७८, निर्जीवन बीमा ८२, र अन्य समूहको सूचक २३ अंक घटे ।
समग्र बजार घट्दा पनि १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । उन्नति सहकार्य लघुवित्तको ७.२, गरिमा विकास बैंकको ६.८, युनियन हाइड्रोपावरको ६.५, घलेम्दी हाइड्रोको ६.१, नेरुडे लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन डिस्टिलरी, हाथवे इन्भेस्टमेन्ट र घोराही सिमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
News Desk 0 response बिहिबार, पुस ५, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



