

-
२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।
सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा यस दिन माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यसतै बैंकिङ २.०, विकास बैंक १.८, फाइनान्स २.५, होटल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र ब्यापार समूह ०.८ प्रतिशतले घट्यो ।
यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, सूर्याज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
धेरै मूल्य घट्ने कम्पनीमा हाइड्रोपावर समूहका कम्पनीहरु अगाडि रहे । हिमालयन पावर पार्टनरको ७.८, दोल्ती पावरको ६.५, अपर स्याङ्गेको ५.३, मोदी इनर्जीको ४.६ र माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, सोनापुर सिमेन्ट, सोल्टी होटल, शिवम् सिमेन्ट र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।
News Desk 0 response सोमवार, पुस २, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



