• काठमाडौं : एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

    आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले हरायो । धनगढीका अफिज ओलावालेले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो । चितवनले खेलको पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीको अवसर भए पनि विमल घर्तीमगरले गोल गर्न सकेनन् ।

    यो जितसँगै शीर्ष स्थानमा रहेको धनगढीले ५ खेलमा ११ अङ्क जोडेको छ । चितवन ६ खेलमा ५ अङ्कसहित तालिकाको ७ औँ स्थानमा छ ।