

-
२२ मंसिर, काठमाडौं । यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो ।
नेपालका लागि उत्तम थापा मगर र दिपेश कँडेलले ६८ रनको महत्वपूर्ण साझेदारी गरे । ४६ मा ५ विकेट गुमाएर धरापमा परेको नेपालको ब्याटिङलाई उनीहरुको साझेदारीले निकै राहत दिएको थियो ।
उत्तमले ७६ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । यसअघि युएईविरुद्धको खेलमा अर्धशतक बनाएका उत्तमको यो यू–१९ अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।
ओपनर अर्जुन कुमालले ३ विकेट जाँदासम्म एक इन्डबाट विकेट सम्हालेका थिए । उनले ३७ बलमा ३ चौकसहित २१ रन बनाए । अर्का ओपनर विपिन रावल भने ९ बलमा ७ रन जोड्दै आउट भए । कप्तान देव खनाल डक आउट भए भने गुल्सन झा बोल्ड भए ।
छैटौं नम्बरमा आएका दिपेशले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए । अन्तिम विकेटका लागि आकाश चन्द र सुवास भण्डारीले १७ रनको साझेदारी गर्दै नेपालको स्कोर १५० भन्दा माथि पुर्याउन योगदान गरे । आकाश ५ रन जोड्दा बोल्ड भए भने सुवास भण्डारी ८ रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद जिसनले सर्वाधिक ६ विकेट लिए । अमिर हसनले २ र उबैद शाह र अलि अस्फन्दले समान १/१ विकेट लिए ।
News Desk 0 response शुक्रबार, मंसिर २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


