• सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८० आयोजना गरिएको छ ।

    तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०८० नाम दिएको यो प्रतियोगितामा राष्ट्रिय टिमसहित ११ टिमले भाग लिनेछन् । सात प्रदेशका सात र तीन बिभागीय टोली र एक आयोजक टिमले प्रतियोगितामा भिडन्त गर्ने आयोजकले जनाएको छ ।

    मंसिर १९ र २० गते बाह्रबिसे वजारमा प्रतियोगिता सञ्चालन हुने छ । तेक्वान्दो जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बाह्रबिसे नगरपालिका सहआयोजक रहेको तेक्वान्दो सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । बिगतमा दुई पटक बाह्रबिसेमै राष्ट्रिय प्रतियोगिता सञ्चालन भईसकेको छ ।

    अहिलेको प्रतियोगितामा दुई बिधामा प्रतिश्पर्धा हुने भण्डारीले बताए । बिजयी टिम तथा खेलाडीलाई नगद तथा शिल्ड अनि पदकको व्यवस्था गरिएको छ । तेक्वान्दोका सिक्स डान रहेका भण्डारीले सिन्धुपाल्चोकका सुरुमा स्वयंसेवी रुपमा तेक्वान्दो सिकाउँदै आएका थिए । अहिले पनि स्वयंसेवी रुपमै तेक्वान्दो विकासमा लागेका भण्डारीले प्रतियोगिताको लागि स्थानीय बुद्धराज बस्नेतको संयोजकत्वमा समिति गठन गरेका छन् ।

    समिति तथा उपसमितिले द्रुत गतिमा काम गरिरहेका छ । तेक्वान्दोको विकासमा निरन्तर लागेका भण्डारीलाई हौसला प्रदान गर्न बाह्रबिसे नगरपालिका सहआयोजक बनेको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए ।