• काठमाडौं : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।

    आज शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।