• काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत मन्त्रालय र आन्तरिक राजस्व कार्यालयका उपसचिवहरुको सरुवा भएको छ ।

    आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुखमा राजुप्रसाद प्याकुरेल, आराका जोरपाटीको प्रमुख कर अधिकृतमा च्ुडाराज सापकोटा, आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको प्रमुखमा युवराज श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वरको प्रमु्खमा गोविन्दराज आचार्य, चावहिलको प्रमुखमा राजकुमार अधिकारी, आन्तरिक राजस्व कार्यालय ललितपुर १ मा नवराज पन्थीको सरुवा भएको छ । काठमाडौंको आन्तरिक राजस्व कार्यालय कालिमाटीको प्रमुख कर अधिकृतमा यमराज पाण्डेको सरुवा भएको छ ।

    त्यस्तै आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको प्रमुख कर अधिकृतमा संगीता घिमिरे सुवेदी, आन्तरिक राजस्व कार्यालय टंगालको प्रमुखमा कमला खरेल, कलंकीको प्रमुखमा ज्ञानहरि पन्थीको सरुवा भएको टंगालको प्रमुखमा कमला खरेल, कलंकीको प्रमुखमा ज्ञानहरि पन्थीको सरुवा भएको छ ।

    त्यसैगरी, ठूला करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवहरुमा विमल सापकोटा, रामबहादुर केसी, इन्द्रबहादुर देवकोटा, दिलीपकुमार अधिकारी, गणेशप्रसाद नेपाल छन् ।
    त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवहरुमा खेमनारायण रेग्मी, बसन्तराज तिवारी, हरिश्चन्द्र ढकाल, हरि बस्याल, जीवनाथ ज्ञवाली, मित्रलाल अधिकारी, ऋषिराम पोखरेल छन् ।

    त्यस्तै जनार्दन आचार्यलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, खिमबहादुर कुँवर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र ताराप्रसाद सापकोटालाई सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।

    १२ उपसचिवको अर्थमन्त्रालयमा सरुवा भएको छ । विभिन्न आन्तरिक राजस्व कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनेहरुमा केशवकुमार उप्रेती, देवानन्द काफ्ले, ऋषिराम अधिकारी, दिब्यराज पोखरेल, देवनारायण पौडेल, सुनिलकुमार यादव, रामप्रमोद यादव, मिमांश अधिकारी, तिर्थराज बराल, जगदिश्वर उपाध्यायलगायत छन् ।

    त्यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराको प्रमुखमा शिव शर्मा, भद्रपुरको प्रमुखमा कृष्णचन्द्र काफ्ले, धुलिखेलको प्रमुखमा हरिप्रसाद तिमल्सिना, सुर्खेतमा कपिलप्रसाद सुवेदीको सरुवा भएका छन् ।