• काठमाडौं : सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर होलेनबीच भेट भएको हो ।

    भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदानप्रदानका विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भएपछि दुई देशको सम्बन्ध सुमधुर रहेको बताए।

    उच्चस्तरीय भेटघाटको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र बुझाइलाई थप बलियो बनाउने उनको विश्वास छ ।