

-
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने बताए ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानुनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए । ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको दाबी गरे। उनले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको बताए
उनले भने, ‘हामी कुनै पनि प्रकारको गलत क्रियाकलाप गर्दैनौँ । विरोधीहरूले पहिले पनि यती होल्डिङ्स भने, हामीले छानबिन गर भनिराखेका छौँ । बाइडबडी छानबिन गर, अनि आफैँ जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । अहिले गिरीबन्धु टी स्टेटको कुरा निस्केको छ, गर न छानबिन ? कमिसन खाएको छैन । नेकपा एमाले कमिसनको पछाडि कुद्ने पार्टी होइन । ओम्नीको पनि छानबिन गर । भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै ?’
ओलीले एमालेले देश बनाउने भिजन लिएको भन्दै त्यही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।
News Desk 0 response सोमवार, भदौ ११, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


