• काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन् ।

    सभाका अध्यक्षता गरिरहेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उनले विश्वासको मत पाएका हुन् ।

    विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए ।

    थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थि थिए ।

    एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित गराएको थियो । स्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो ।

    उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

    उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाडौंतर्फ लागेका हुन्।

    विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

    मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।

    विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए।

    अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् ।

    उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।