

-
काठमाडौं : रसियाले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।
मेट्रो रेलमा रसिया विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल सञ्चालन हुँदै आएको छ।
केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणअघि मेट्रो, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका अन्य विषयमा छलफल गर्न रसियन टोली मन्त्रालय पुगेको हो। रसियन टोलीले मेट्रो रेल निर्माणका लागि आफ्नो रेल्वे कम्पनी तयार रहेको जवाफ दिएको छ। त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए।
उनका अनुसार मेट्रो रेलका साथै पूर्वपश्चिम रेल र सुरुङ मार्गका बिषयमा पनि छलफल भएको थियो। छलफलमा रसियाले पोखरा–रिडी सडकबारे पनि चासो देखाएको थियो। रसियन अधिकारीको चासोलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको सहसचिव थापाले बताए।
News Desk 0 response सोमवार, भदौ ४, २०८०


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०