• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । 

    राष्ट्रपति भएपछि बिरामी परेकाले उनले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न नपाएकाले भेट्ने तयारी गरेका हुन् ।

    राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले, ‘सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको ’ बताए ।

    गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरिसकेका छन् ।