• काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएको कारण एक क्विन्टल सुन ६१ किलोमा झरेको बताएका छन् ।

    आज बुधवार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै एक क्विन्टलभन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाएका हुन् । उनले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो तर अहिले एअरपोर्टबाटै सुन बगिरहेको टिप्पणीसमेत गरे ।

    राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ ।