• विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

    उद्धव थापालाई मुख्यमन्त्री बनाउन कोशीका सभामुखले समेत राजीनामा गरिसकेका छन् । सभामुखको राजीनामासँगै गठबन्धन दलहरुको बहुमत पुगेको छ ।