

-
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले बेहाेरेकाे व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले हिजाे बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।
विभागको तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको तथ्याङ्क घटेको छ । गएकाे आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कुल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापार घटेसँगै गएकाे वर्षको तुलनामा व्यापार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।
यो अवधिमा नेपालले कुल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी देश भारतसँग मात्र यो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।
त्यस्तै चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जस कारण चीनसँगको व्यापार घाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ ।
नेपालले धेरै व्यापार घाटा बेहाेरेका देशहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका देशमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।
जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोडको डिजल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ ।
यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन् । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै १० अर्ब २१ करोड रुपैयाँको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोड रुपैयाँको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोड रुपैयाँको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।
News Desk 0 response शुक्रबार, असार ८, २०८०

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



