• काठमाडौं : सत्तारुढ दलका शीर्ष नेताहरु बालुवाटारमा बैठक बसेका छन् । बैठकमा शीर्ष नेताहरुकाबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्री निकट एक नेताले बताए ।

    प्राप्त जानकारी अनुसार बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउने सहमति भएको छ । मिलेसम्म त्यसरी मिलाउने, नमिलेका विषयमा पछि बजेट पारित गरेपछि पनि मिलाउने तयारी भएको छ ।

    यसअघि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

    संसदीय लोकतन्त्रमा बजेट सरकारको विशेषाधिकार भएकाले सरकारले प्रस्तुत गरेको बजेट कुनै परिवर्तनविना जस्ताको तस्तै संसदबाट पारित गर्ने प्रचलन छ । बजेट पारित नभएमा सरकारले विश्वास गुमाएको मानि