

-
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह नेपाली कांग्रेसमै फर्किएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरीत जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसले साहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
कांग्रेस जनकपुर उपमहानगरपालिका कार्यसमितिका सभापति साहले पार्टीबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवार दिएका थिए । कांग्रेसले जनता समाजवादी पार्टीका लालकिशोर साहलाई समर्थन गरेपछि साहले विद्रोह गरे । पार्टीको उपमहानगर सभापति पदको माया मारेर स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव पनि जितेका थिए ।
चुनाव जितेपछि मेयर साह कांग्रेसको गतिविधिमा सामेल हुन थालिसकेका थिए ।
पार्टीको आदर्श सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने भन्दै पार्टीमा निवेदन दिएपछि उनमाथिको कारबाही फुकुवा भएको हो । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाका अनुसार पूर्ववत् जिम्मेवारी कायम हुने गरी साहको कारबाही फुकुवा भएको छ । कांग्रेसमा विद्रोह गरी बर्दिबास नगरपालिकाका मेयर जितेका प्रल्हादकुमार क्षेत्री पनि पार्टीमा फर्किसकेका छन् ।
कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर जितेका पालिका प्रमुखहरु पार्टीमा एक-एक गरी फर्किरहेको संयोजक ढुंगानाले बताए । स्थानीय तह निर्वाचनमा ३२९ पालिका जितेको कांग्रेसले २ पालिका थपेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


