

-
काठमाडौं : लुम्बिनी र गण्डकी प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो । नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ ।
दुवै प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका कांग्रेस र माओवादीले सुरुमा आफ्नै नेतृत्व हुनुपर्ने अडान लिएपछि सरकार गठनमा समस्या देखिएको हो ।
आज दिउँसो ४ बजेसम्म बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरिसक्नुपर्नेछ । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढालेपछि माओवादीले सुरुमा कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । तर गण्डकीको विषयलाई देखाएर माओवादीले लुम्बिनीमा पनि कांग्रेसलाई समर्थन गर्न आनाकानी गरेको छ ।
लुम्बिनीमा कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने हो भने गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको अडान छ । तर कांग्रेसले दुवै प्रदेशमा पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने र त्यसपछि माओवादीलाई दिने बताएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ ।
प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् । यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ जना सांसदको समर्थन पर्छ ।
News Desk 0 response बिहिबार, बैशाख १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


