

-
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदो कार्यदिशा र समस्याको विषयमा छलफल गरेका छन् ।
शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आउँदो कार्यदिशा र समस्याको विषयमा प्रधानमन्त्रीले छलफल गरेका बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र झन्डै तीन खर्ब रुपैयाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल गरेको बताए ।
बोर्डका कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले स्वीकृतका लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत् आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताए । उनले ९ सय मेगावाटको अरुण, तीन हजार ६ सय ७० मेगावाटको तल्लो अरुण, ३ सय ७० मेगावाटको अर्धजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औधोगिक पूर्वाधार आयोजनाहरू पाइपलाइनमा रहेको बताए । यी आयोजनाहरूलाई बोर्डले प्राथमिकता दिएर नतिजाउन्मुख काम गर्ने उनको भनाइ छ ।
भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । उनले लगानी बोर्ड आउँदो लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताए ।
News Desk 0 response शुक्रबार, चैत्र ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



